

कृष्णनगरबाट लागुओैषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ




कपिलवस्तु, कृष्णनगर २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्।
भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंका लागि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादव लाई चेकजांच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।
दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप भई थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।
प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै अबैध कारोबार नियन्त्रण तथा लागु औषधमा संलग्न व्यक्ति लाई पक्राउ गर्दै समाज लाई लागु औषध मुक्त बनाउन विभिन्न समयमा विद्यालयका विद्यार्थी तथा समाजका व्यक्ति माझ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको स्थानीयले बताएका छन्।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया