

अदालतबाट कारागार पाठाइएका सासंद केसी पुगेनन् कारागार



किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार नगएको पाइएको छ।
आइतबार पूर्वी रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो।
आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसीलाई कारागार पुर्याइएको छैन।
पूर्वी रूकुम जिल्ला अदालतका श्रेस्तेदार ईश्वरी सुवेदीले सांसद केसीलाई आइतबार नै रुकुम पश्चिम कारागार पठाइएको जानकारी दिए।
सुवेदीले भने, ‘आइतबार अदालतले कारागार चलानको फैसलापछि हामीले रुकुम पश्चिम कारागार पठाइएका हौँ। पूर्वी रूकुममा कारागार नहुँदा कैदीलाई रुकुम पश्चिम पठाउने गरेका छौँ। उहाँलाई पनि आइतबार बेलुका नै अदालतको पत्रसहित रुकुम पश्चिम कारागार पुर्याएका हौँ। त्यसपछि कारागारको जिम्मा हुन्छ। उहाँहरूले के गर्नुभयो हामीलाई थाहा हुँदैन।’
यता रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले आफूहरूलाई यो विषयमा जानकारी नहुने बताए।
उनले भने, ‘कारागार चलान भएपछि कैदी आएका छन् भन्ने हुन्छ। तर कैदी आएको आधिकारिक पत्र भने हाम्रोमा आउँदैन। त्यसैले हामीलाई नै जानकारी हुँदैन। यो कुरा हामीलाई भन्दा कारागारलाई थाहा हुन्छ।’
उनको यो भनाइपछि रुकुम पश्चिमका जेलर ताराबहादुर कँवरलाई यसबारेमा बुझ्नका लागि सम्पर्क गर्दा भने उनले फोन उठाएनन्।
साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए। दोषी ठहर भएको ३३ वर्षपछि उनी जेल चलान भएका हुन्
स्रोत : nagariknews.nagariknetwork.com


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया