



अदालतबाट कारागार पाठाइएका सासंद केसी पुगेनन् कारागार


किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार नगएको पाइएको छ।
आइतबार पूर्वी रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो।
आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसीलाई कारागार पुर्याइएको छैन।
पूर्वी रूकुम जिल्ला अदालतका श्रेस्तेदार ईश्वरी सुवेदीले सांसद केसीलाई आइतबार नै रुकुम पश्चिम कारागार पठाइएको जानकारी दिए।
सुवेदीले भने, ‘आइतबार अदालतले कारागार चलानको फैसलापछि हामीले रुकुम पश्चिम कारागार पठाइएका हौँ। पूर्वी रूकुममा कारागार नहुँदा कैदीलाई रुकुम पश्चिम पठाउने गरेका छौँ। उहाँलाई पनि आइतबार बेलुका नै अदालतको पत्रसहित रुकुम पश्चिम कारागार पुर्याएका हौँ। त्यसपछि कारागारको जिम्मा हुन्छ। उहाँहरूले के गर्नुभयो हामीलाई थाहा हुँदैन।’
यता रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले आफूहरूलाई यो विषयमा जानकारी नहुने बताए।
उनले भने, ‘कारागार चलान भएपछि कैदी आएका छन् भन्ने हुन्छ। तर कैदी आएको आधिकारिक पत्र भने हाम्रोमा आउँदैन। त्यसैले हामीलाई नै जानकारी हुँदैन। यो कुरा हामीलाई भन्दा कारागारलाई थाहा हुन्छ।’
उनको यो भनाइपछि रुकुम पश्चिमका जेलर ताराबहादुर कँवरलाई यसबारेमा बुझ्नका लागि सम्पर्क गर्दा भने उनले फोन उठाएनन्।
साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए। दोषी ठहर भएको ३३ वर्षपछि उनी जेल चलान भएका हुन्
स्रोत : nagariknews.nagariknetwork.com

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया