बुद्धभूमि जेसीजको ‘सप्ताहव्यापी कार्यक्रम’ : सामाजिक उत्थानको लागि विविध गतिविधिहरू सञ्चालन
कपिलवस्तु । कपिलवस्तु स्थित बुद्धभूमि जेसिज वर्ष २०२४ ले विशेष आयोजनाका साथमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिहरू समेटिएका छन्, जसले नगरपालिकामा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।
सप्ताहको उद्घाटन समारोहमा, जेसिज बुद्धभूमिले लागू औषध दुर्वेशनीविरुद्धको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केशव कुमार श्रेष्ठसहित, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओली, वडा अध्यक्ष सुशील कुमार चौधरी, र जेसीज वर्ष २०२४ का अध्यक्ष थानेश्वर अर्याल लगायतको उपस्थिति रहेको थियो। यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्षहरू, आमा समूहका प्रतिनिधिहरू पनि सहभागी भए।
सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत बुद्धभूमि नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता (पहिलो चरण) मा सम्पन्न भएको छ। यस कार्यक्रममा ५ जना प्रतिभाशाली विचारशील विद्यार्थीहरुहरू दोस्रो चरणको लागि छनौट गरिएको छ। यो प्रतियोगितामा बुद्धभूमि नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका छात्र–छात्राहरूले भाग लिएका थिए। यस कार्यक्रमको निर्णायक मण्डलमा कृष्णप्रसाद खनाल, राजकुमार अर्याल र राजेन्द्र खनाल रहेका थिए।
अन्य कार्यक्रमहरूमा साइबर सेक्युरिटी सम्बन्धी कार्यशाला, निःशुल्क दन्त परीक्षण, नागरिक र प्रहरी बीचको संवाद कार्यक्रम, र दुर्घटना न्यूनीकरण जनचेतना अभियानका गतिविधिहरू रहेका छन्। विशेष रूपमा, सोलो मोटरसाइकल रेस प्रतियोगिता र बुद्धभूमि स्टार २०२४ घोषणा तथा सम्मान समापन समारोह पनि आयोजना गरिनेछ।
यो कार्यक्रमको मुख्य उद्देश्य बुद्धभूमि नगरपालिकामा सकारात्मक सामाजिक परिवर्तन ल्याउनु र विभिन्न क्षेत्रका नागरिकहरूलाई सशक्त बनाउनु हो। जेसीजका अध्यक्ष अर्यालले बताए अनुसार, यी कार्यक्रमहरूले नगरपालिकामा नयाँ उत्साह र जागरूकता ल्याउने अपेक्षा गरिएको छ।
कुन कार्यक्रम कहाँ हुँदै छन ?
जेसिज सप्ताह अन्तरगत कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित बुद्धभूमि जेसिजले अहिले सप्ताहव्यापि विभिन्न कार्यक्रम गरिरहेको हो । सप्ताहमा पहिलो र दोस्रो कार्यक्रम सकिएका छन् । जेसीजको तेस्रो कार्यक्रम अन्र्तगत सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरणका लागि साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम रहेको छ । जसको संयोजक जेसी सुदीप खनाल रहेका छन् ।
यस्तै चौथो कार्यक्रमका लािग कार्यक्रम संयोजक अनिल पोख्रेल रहेको निःशुल्क दन्त परीक्षण कार्यक्रम रहने छ भने यो कार्यक्रम बुद्धभूमि नगरपालिका १ चांघाट स्थित आदर्श आधारभूत विद्याल मा गरिने जनाइएको छ ।
यस बाहेक जेसीजले आफ्नो पाँचौं कार्यक्रम नागरिक र प्रहरी बीचको संंवादका लागि नागरिक सँग प्रहरी कार्यक्रम गर्ने तयारी समेत गरेको छ । जसको संयोजक जेसी रोशन अली रसो रहेका छन् । यो कार्यक्रम बुद्धभूमि ६ महुवामा हुनेछ ।
छैठौं कार्यक्रम दुर्घटना न्यूनीकरण जनचेतनाका लागि सोलो मोटरसाइकल रेस प्रतियोगिता हुने छ । जसको संयोजक जेसी अनिल वर्मा रहेका छन् । सो कार्यक्रम बुद्धभूमि नगरपालिकाको कार्यालय अगाडि रहेको बुद्धभूमि रङ्गशालामा हुनेछ ।
जेसीज सप्ताह अन्र्तगत आन्तिम तथा सातौं कार्यक्रम बुद्धभूमि स्टार २०२४ घोषणा तथा सम्मान समापन समारोह आयोजना हुने छ । जसको संयोजक जेसी रूपक राज खनालको संयोजकत्वमा हुनेछ भने जेसी संस्था कार्यक्रमको मूल समितिको संयोजक वर्ष २०२४ का कानुनी सल्लाहकार जेसी राजेन्द्रकुमार ठाकुर र सहसंयोजक जेसी नारायण पौडेलको संयोजकत्वमा जेसीज सप्ताह २०२४ कार्यक्रम बुद्धभूमि नगरपालिकाको बहुउद्देश्य सभाहलमा समापन हुने जेसिज अध्यक्ष अर्यालले साझाकुरालाई जानकारी दिएका छन् ।
प्रतिक्रिया