
यस्तो आयो सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट

काठमाडाैं | गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको छ । विस्तृत परीक्षण (सि–चेक) का लागि पोखरा उडेको उक्त जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन ।
आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा उड्डयन सुरक्षाको नियम अनुसार कम्पनीका प्राविधिकका नाबालक छोरा र श्रीमतीलाई समेत उडाउँदा एउटा परिवारका तीनै जनाले ज्यान गुमाउनु परेको थियो । गोरखापत्रमा खबर छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया