
इन्स्टाग्रामको अब स्टोरीमा कमेन्ट गर्न सकिने

इन्स्टाग्राम विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एक हो। यसमा सक्रिय प्रयोगकर्ताको संख्या करोडौँमा छ। इन्स्टाग्राम रिलहरु धेरै क्षेत्रहरुमा धेरै लोकप्रिय छन्। विशेषगरी जहाँ टिकटककको अवस्थित छैन वा प्रतिबन्धित छ। कम्पनीले प्रयोगकर्ता अनुभव सुधार गर्न निरन्तर काम गरिरहेको छ।
यसै क्रममा सोसल मिडिया एपले नयाँ फिचर थपेको छ। अब प्रयोगकर्ताले इस्टाग्राम स्टोरीहरुमा कमेन्ट गर्न सक्नेछन्। अहिलेसम्म स्टोरीहरुको रिप्लाई दिने अप्सन थियो, जुन भविष्यमा पनि उपलब्ध हुनेछ।
यदि प्रयोगकर्ताले कसैको स्टोरीको रिप्लाई दिन्थे भने त्यो प्राइभेट हुन्थ्यो र सीधै प्रयोगकर्ताकोमा जान्थ्यो। अब कमेन्टहरु पब्लिक हुनेछन्। पछिल्लो समय मानिसहरुले इन्स्टाग्राम स्टोरिजको प्रयोग बढाएका छन्, जसका कारण कम्पनीले यो फिचर थपेको छ। यसले देखाउँछ कि इन्स्टाग्राम प्रयोगकर्ता संलग्नता बढाउन काम गरिरहेको छ।
पहिले स्टोरीहरुमा कमेन्टहरु डीएममा उपलब्ध थिए तर अब इन्स्टाग्रामले स्टोरीहरुमा कमेन्ट गर्ने नयाँ फिचर थपेको छ। जसरी स्टोरी २४ घन्टा देखिने हुन्छ, त्यसैगरी स्टोरीमा गरिएका कमेन्ट पनि २४ घन्टा मात्रै देखिनेछन् । यो फिचर रोल आउट गरिएको छ र चाँडै सबै प्रयोगकर्ताले यो अपडेट पाउनेछन्। : एजेन्सी


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया