
इन्स्टाग्रामको अब स्टोरीमा कमेन्ट गर्न सकिने




इन्स्टाग्राम विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एक हो। यसमा सक्रिय प्रयोगकर्ताको संख्या करोडौँमा छ। इन्स्टाग्राम रिलहरु धेरै क्षेत्रहरुमा धेरै लोकप्रिय छन्। विशेषगरी जहाँ टिकटककको अवस्थित छैन वा प्रतिबन्धित छ। कम्पनीले प्रयोगकर्ता अनुभव सुधार गर्न निरन्तर काम गरिरहेको छ।
यसै क्रममा सोसल मिडिया एपले नयाँ फिचर थपेको छ। अब प्रयोगकर्ताले इस्टाग्राम स्टोरीहरुमा कमेन्ट गर्न सक्नेछन्। अहिलेसम्म स्टोरीहरुको रिप्लाई दिने अप्सन थियो, जुन भविष्यमा पनि उपलब्ध हुनेछ।
यदि प्रयोगकर्ताले कसैको स्टोरीको रिप्लाई दिन्थे भने त्यो प्राइभेट हुन्थ्यो र सीधै प्रयोगकर्ताकोमा जान्थ्यो। अब कमेन्टहरु पब्लिक हुनेछन्। पछिल्लो समय मानिसहरुले इन्स्टाग्राम स्टोरिजको प्रयोग बढाएका छन्, जसका कारण कम्पनीले यो फिचर थपेको छ। यसले देखाउँछ कि इन्स्टाग्राम प्रयोगकर्ता संलग्नता बढाउन काम गरिरहेको छ।
पहिले स्टोरीहरुमा कमेन्टहरु डीएममा उपलब्ध थिए तर अब इन्स्टाग्रामले स्टोरीहरुमा कमेन्ट गर्ने नयाँ फिचर थपेको छ। जसरी स्टोरी २४ घन्टा देखिने हुन्छ, त्यसैगरी स्टोरीमा गरिएका कमेन्ट पनि २४ घन्टा मात्रै देखिनेछन् । यो फिचर रोल आउट गरिएको छ र चाँडै सबै प्रयोगकर्ताले यो अपडेट पाउनेछन्। : एजेन्सी


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया