

लुम्बिनी लर्निङ सेन्टरले मनायो ‘बृहत तीज गीत’ प्रतियोगिता



साझाकुरा,कपिलवस्तु । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रा.ली. द्वारा तीज गीत र सन्देशमुलक भिडियो प्रतियोगिताको भव्य समापन गरिएको छ।
कार्यक्रममा बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नेपाली संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणमा शिक्षा र सामूहिक प्रयासको महत्त्वलाई जोड दिइन्। उनले हराउँदै गइरहेको परम्परा र संस्कृति जगेर्ना गर्न यस्ता कार्यक्रमहरूको आवश्यकताबारेमा चर्चा गरिन्।
प्रतियोगितामा हिमचुली समुहले पहिलो स्थान हासिल गर्दै ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्यो, जबकि गौरिशङ्कर समुहले दोस्रो स्थानमा ३५ सय नगद र प्रमाणपत्र जित्यो। सन्देशमुलक भिडियो प्रतियोगितामा पुजा घिमिरेले पहिलो स्थान प्राप्त गर्दै १० हजार नगद र प्रमाणपत्र जित्न सफल भइन्।
कार्यक्रमको समापनमा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति पनि राखिएको थियो । मङ्गलबार ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा लुम्बिनी लर्निङ सेन्टरका संचालक असिम कडेल क्षेत्रीको अध्यक्षता तथा सञ्चारकर्मी हरि आचार्यको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया