पौडि खेल्ने क्रममा वाणगंगाका दुई युवाको मृत्यु

नवराज बेल्वासे : अर्घाखाँची स्थित सितगंगा नगरपालिका १३ र १४ को बिचमा रहेको वाणगंगा खोलामा पौडी खेल्ने क्रममा आएको बाढीले दुई जनाको ज्यान गएको छ। मृतकहरुमा कपिलवस्तु जिल्ला स्थित वाणगंगा २, राजपुरका २३ वर्षीय उमेश पौडेल र वाणगंगा ८, बोडगाउँका २२ वर्षीय किशोर रास्कोटी रहेका छन्।

घटना मंगरबार दिउँसोको हो, जब चार जना साथीहरु पौडी खेल्न खोलामा गएका थिए। खोलामा खेल्दै गर्दा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको थियो। पौडिन नसक्दा उमेश र किशोरको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुई साथीहरु पौडिएर ज्यान बचाउन सफल भएका छन्।

घटनापछि स्थानीय र सुरक्षाकर्मीहरुले खोजी अभियान चलाएका थिए। घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य तर शकुसल भेटाउन सकेन केहि पर उनिहरुको शव फेला परेको थियो ।

किशोर रास्कोटीको शव हडाह कुलाको बाध र उमेश पौडेलको शव ढाव कुलाको बाधमा भेटिएको
भटेएिको हो । शव भेटिएको क्षेत्र क्षेत्र घटना स्थल देखि करिब ५००/६०० मिटरको दुरीमा पर्दछ । शवलाई पोस्टमाटमका लागि पिपरा अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यस दुखद घटनाले जलाशयमा पौडी खेल्दा सुरक्षा मापदण्डको पालना र प्राकृतिक आपत्तिसँग सचेत रहनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

प्रतिक्रिया