

प्युठानको एक खाली घरमा भेटियो मानव कंकाल



प्युठान | प्युठानको माण्डवी गाउँपालिका–२ अधेरीमा रहेको एउटा पुरानो घरमा मानव कंकाल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीमा रहेको स्थानीय दलबहादुर खत्रीको पुरानो घरमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।
केही स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए। ओत लागेको समयमा मानव कंकाल देखिएको स्थानीय बताएका छन्।
कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कंकाल भेटिएको प्रहरीले जनाएको छ।
मानव कंकाल भेटिएको घर विगत सात वर्षदेखि खाली थियो। घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ।
सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली सोमबार घटनास्थलमा पुगेको हो।
कंकाललाई प्यूठान अस्पताल लगेर डिएनए प्रोफाइल तथा शव परीक्षण गरिने छ। त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरू हुने प्रवक्ता केसीको भनाइ छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया