

तिजको दरसँगै बियर चाडपर्वले अर्थतन्त्र उकास्छ : प्रदेश संसद पन्थी


कपिलवस्तु : चाडपर्वको समयमा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नुपर्ने माग उठिरहेका बेला, लुम्बिनी प्रदेश संसद विष्णु पन्थीले बियरको उपभोगलाई प्रोत्साहन गर्ने धारणा राखेका छन्। यो कदमलाई धेरैले संस्कृति र चाडपर्वको मर्मविपरीतको कार्यको रूपमा लिएका छन्।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद विष्णु पन्थीले तीजको अवसरमा सामाजिक सञ्जालमा लेखेको सन्देशले समाजमा तरंग ल्याएको छ। पन्थीले तीज मनाउन स्वदेशी उत्पादनको प्रयोग गर्न आह्वान गरेका थिए, तर बियरको साथमा दर खाएको फोटो राख्दै उनले गरेको पोष्टले व्यापक आलोचना निम्त्याएको छ।
पन्थीको यो अभिव्यक्तिलाई धेरैले सांस्कृतिक विचलनको रूपमा लिँदै आलोचना गरेका छन्। तीजलाई महिला पर्वको रूपमा लिइन्छ, त्यसैले यसलाई रक्सीसँग जोड्नुलाई अनुचित मानिएको छ। सामाजिक संजालमा उनका समर्थकहरूले पन्थीले अर्थतन्त्रलाई अगाडि बढाउन स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको तर्क गरे पनि, धेरैले भने सामाजिक मूल्य मान्यतालाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।
केही महिला अधिकारकर्मीहरूले पन्थीको अभिव्यक्तिले महिलालाई रक्सी सेवनको प्रोत्साहन गरेको भन्दै आपत्ति जनाएका छन्।
यस कदमलाई लिएर विभिन्न संघसंस्थाहरूले समेत असन्तुष्टि जनाएका छन्। उनीहरूले यसलाई नेपाली समाजमा बढ्दो विदेशी प्रभाव र संस्कृतिको ह्रासको संकेतका रूपमा हेरेका छन्।
आगामी चाडपर्वको समयमा यस्तो प्रवृत्तिलाई रोक्न र संस्कृति संरक्षणमा जोड दिनुपर्ने आवाज उठ्दै गर्दा, संसदको यो अभिव्यक्तिले विवाद निम्त्याएको छ।

सांसद पन्थीको अभिव्यक्तिले नेपाली समाजमा परम्परागत मूल्य मान्यताहरू र आधुनिकताबीचको द्वन्द्वलाई उजागर गरेको छ। आर्थिक वृद्धिलाई ध्यान दिनु महत्वपूर्ण भए पनि, सामाजिक मूल्य र मान्यतालाई पनि बिर्सनु हुँदैन भन्ने धारणा व्यापक छ। पन्थीले आफ्नो पोष्टले उत्पन्न गरेको विवादपछि उक्त पोष्टलाई फेसबुकबाट हटाएका छन्।
पन्थीको पोस्टमा आएका केहि कमेन्टहरु



खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया