

टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख रुपैयाँ दिने

काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध दिने निर्णय गरेको छ । क्यानको हिजो बसेको कार्यसमितिको बैठकले १५ जना खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
अमेरिका र वेष्ट इण्डिजमा भएको आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा सहभागी मुख्य प्रशिक्षकलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि बैठकले गरेको छ । अन्य सपोर्ट स्टाफले भने जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पाउने भएका छन् ।
क्यानले प्रत्येक प्रदेशका २ जना महिला र ३ जना पुरुष खेलाडी गरी देशका सबै ७ प्रदेश क्रिकेट सङ्घका कुल ३५ जना प्रादेशिक खेलाडीलाई १५ हजार रुपैयाँ मासिक तलब पनि दिने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे भने क्यानले आईसीसीको निर्देशन पर्खेको छ ।
निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आलमको फुकुवाबारे आईसीसी एन्टी करप्सन युनिटमा पेस गरी त्यहाँबाट प्राप्त निर्देशनअनुसार सङघबाट निर्णय गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभएको छ ।
क्यानले आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोलीको सहभागिता रहने पनि जनाएको छ ।



खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया