

रास्कोटीको आत्महत्या घटना: स्थानीय र परिवारको आक्रोश,वास्तकिता छानविन गर्ने प्रहरीको भनाइ

जीतपुर | कपिलवस्तुको बाणगंगा ८ मोर्मीमा २२ वर्षीया आशिष रास्कोटीले प्रहरीकै दवाव सहन नसकेर आत्महत्या गरेको भन्दै स्थानीय आक्रोश व्यक्त गरेका छन् । मोर्मीका स्थानीय र रास्कोटीका घर परिवारले आशिषलाई मोटरसाईकल चोरी गरेको आरोपमा मुद्धा चलान गर्ने र विभिन्न माल समान माग गरि पट्क पट्क टर्चर गरेपछी आत्महत्या गर्न पुगेको आरोप छ ।
विहान आशिषले आत्म हत्या गरेपछी प्रहरी घुमुवा नै आत्महत्या दुत्साहन कारक रहेको स्थानीय र घर परिवार को भनाई छ ।
केहीदिन अघि अर्घाखाँचीको मुस्यानबाट मोटरसाईकल हराएको सामाजिक संजालमा भाईरल बनेको थियो । सो मोटरसाईकल चोरीको आरोपमा रास्कोटी र उनका साथीलाई प्रहरीले अनुशन्धान अगाडी बढाएको थियो ।
अनुशन्धान का क्रममा पट्क पट्क अनावश्यक माग राख्दै दवाव दिएको र दवाव खेप्न नसकेका कारण रास्कोटी आत्महत्या सम्मको निणर्यमा पुगेको स्थानीय बताउछन् । यता रास्कोटीको शव निकाल्न परिवार स्थानीयले अवरोध गरेपछी कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख नवरत्न पौडेलले सम्बन्धीत प्रहरी दोषी भए कानुन बमोजीम कार्वाह ी गर्ने प्रतिबद्धता पछी शव पोष्टमार्टम गरि अन्तेष्टि गरिएको बताईएको छ ।
उता रास्कोटी भने उक्त मोटरसाईकलमा साथीको लहलहैमा बसेको तर चोरीमा संलङ्खन नभएको एक छिमेकीले बताए । आशिष त्यस्तो गतिविधि गर्ने खालको थिएनन् । घुम्नका लागि मुस्यान पुगेका उनी साथीले मोटरसाईकलमा बस्न भनेपछी बसेको तर उनको संलङ्खनता नरहेको बताईएको छ । यता प्रहरीले भने उक्त मोटरसाईकल सहित ३ जनालाई जग्दिशपुरबाट अरोपीत प्रहरीले नै फेला पारि बुझाएको र मुस्यान यरिया ईलाका प्रहरी कार्यालय ठाडाको भएको हुदाँ घट्नालाई ठाडा लाई जिम्मेवारी दिईएको बताए । घट्नाबारे अझै थप अनुशन्धान हुने र आशिषको अन्य कारण पनी आत्महत्या गरेको हुनसक्ने भन्दै यसको गहिराईमा जाने ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया