

आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल


आज २०८१ साल भदौ ८ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट २४ तारिख। भद्र कृष्ण पक्षको पञ्चमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईसाझाकुराका लागि ज्योतिष कमलनयन पौडेलले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि
आजको दिन जिम्वेवारी काम वहन गर्नु पर्ने, मन अशान्त रहने, आकस्मिक यात्रा बन्नुको साथै मिष्ठान्न भोजन गर्ने अवसर मिल्ने छ ।
वृष राशि
आजको दिन सर्तक रहनुहोला, अनावश्यक खर्च बढ्नुको साथै स्वास्थ्यमा समस्या आउनसक्छ नभएको कुरामा फस्नु सकिने, मनमा डर उत्पन्न हुने छ ।
मिथुन राशि
आजको दिन आकस्मिक धन लाभ, मान प्रतिष्ठामा बृद्धि, आफन्तजनबाट सहयोग मिल्ने, रोकिएको काम बन्नुका साथै सामान्य यात्राको योग बनेको छ ।
कर्कट राशि
आजको दिन कार्य क्षेत्रमा सफलता मिल्ने, शुभचिन्तक देखि साथ मिल्ने, कामको सिलसिलामा यात्रा बन्ने, प्रेम सम्बन्धमा भने मनमुटाव रहने हुन्छ।
सिंह राशि
आजको दिन रोकिएका काम सरल तरिकाले बन्ने, धार्मिक स्थल या सामाजिक कार्यमा सक्रिय रहने, नयाँ वस्त्र धारण गर्ने, प्रेम सम्बन्धमा सुधार रहनुको साथै मित्रजन संग भेटघाट हुने ।
कन्या राशि
आजको दिन मनमा डर त्रास, पिताको स्वस्थ्यमा समस्या, काम नबनेर दिक्क लाग्ने, स्वस्थ्यमा गडबढि रहने,
दैनिक कार्यमा पनि असर रहने , आकस्मिक खर्च बढ्ने योग बनेको छ ।
तुला राशि
आजको दिन मनमा प्रसन्नता, मिष्ठान्न भोजन सुवासर मिल्ने, व्यवसायमा लाभ रहेता पनि दाम्पत्य जिवनमा भने मनमुटाव रहनुको साथै मित्रजन संग भेटघाट हुनेछ।
वृश्चिक राशि
आजको दिन स्वास्थ्यमा समस्या, आमाको स्वास्थ्यमा एक्कासि गडबडी हुन सक्ने भने कार्य क्षेत्रमा असफलता मिल्ने, मामाको साथ मिल्नुको साथै आकस्मिक यात्राको योग बनेको छ ।
धनु राशि
आजको दिन खुसीको खबर सुन्न पाइने, सम्बन्धमा सुधार रहने, मान प्रतिष्ठा बढ्ने, रमाइलो यात्रा रहने, साथिहरु सँग भेटघाट रहने, नयाँ कुरा सिक्ने अवसर मिल्ने हुन्छ।
मकर राशि
आजको दिन मनमा उदास रहने, घरमा कलहको वातावरण बन्ने, जग्गा जमीनको कारोबार, पुराना मित्र संग भेट घाट हुने, वैदेशिक कार्य बन्ने, काममा अवरोध आएता पनि काम पूर्ण हुने छ ।
कुम्भ राशि
आजको दिन नयाँ कार्यको योजना बन्ने, मनमा उत्साह र उमङ्ग थपिने, नजिकका व्यक्ति देखि सहयोग मिल्ने, सरकारी निकाय र सामाजिक काममा सफलता मिल्ने छ ।
मीन राशि
आजको दिन मिष्ठान्न भोजन मिल्ने, आम्दानी राम्रो भएता पनि खर्च बढ्ने, बोल्दा शब्द चिप्लिने, आफन्तजन संग भेटघाट हुने, मान प्रतिष्ठा बढ्ने, चर्चा परिचर्चा हुने छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया