

स्वमूल्यांकन गुणस्तर परीक्षण : कपिलवस्तुका कुन पलिकाले कति नम्बर पाए ?





साझाकुरा | संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङका पालिका उत्कृष्ट ठहरिएका छन् । स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन्।
नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।
त्यस्तै, गाउँपालिकातर्फ समान अंक पाउँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका दोस्रो भएका छन् । दाङको राप्ती गाउँपालिका तेस्रो भएको छ ।
उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष ०७६र७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलोपटक हो ।
यही मुल्याङ्कनमा कपिलवस्तुका ६ नगरपालिका र ४ गाउँपालिकाले पनि आफ्नो स्थान निर्धारण गरेका छन् । कपिलवस्तु जिल्लाको अवस्थालाई मात्रै हेर्दा नगरपालिका तर्फ बाणग्ांगा नगरपालिका सबैभन्दा अगाडी देखिएको छ भने कृष्णनगर नगरपालिका पछाडि परेको छ । यस्तै गाउँपालिका तर्फ विजयनगर गाउँपालिका सबैभन्दा अगाडी देखिदा यशोधरा गाउँपालिका पछाडी परेको छ ।
यस्तो छ कपिलवस्तुको तालिका :



खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया