

टीआरसी ऐन कार्यान्वयन गर्न लुम्बिनीमा २७ सदस्यीय समिति गठन



टीआरसी ऐन कार्यान्वयनमा ल्याउन २७ सदस्यीय पीडित परिचालन संयोजन समिति लुम्बिनी प्रदेश गठन गीरएको छ । द्वन्द्व पीडितहरूको सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले आज लमहीमा आयोजना गरिएको भेलाले सञ्जयकुमार गुप्ताको संयोजकत्वमा समिति गठन गरेको हो ।
भेलाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक पीडितहरूको माग बमोजिम प्रतिनिधिसभाबाट पारित भएकोमा ऐतिहासिक उपलब्धि मान्दै स्वागत समेत गरेको छ । भेलाले तल्लो तहका द्वन्द्व पीडितहरूले उठाउँदै आएका पीडित केन्द्रित मुद्दा सम्बोधन गर्न समेत ध्यानाकर्षण गराएको छ ।
समितिको संयोजकमा सञ्जयकुमार गुप्ता रुपन्देही, सदस्यहरूमा लक्ष्मी खड्का बर्दिया, देविसरा खत्री, निर्मला थापा, कृष्ण बिजिरे, देविसरा खत्री, सिता डीसी पाल्पा, हेमनाथ पोखरेल, यस्तै उषा सुवेदी दाङ, प्रकाश जाधरी, देवबहादुर डिसी बाँके, रनसुर बुढा र मडी थापा रहेका छन् ।
यस्तै सदस्यहरूमा धनकुमारी थारु रुपन्देही, थम्मनबहादुर पुन र मुन्ना खाँ नवलपरासी, विशाल खड्का अर्घाखाँची, हेमन्त वेल्वासे, कविता विक ,तिलक महत, देउकला घर्ती, श्रीकुमार रोका, टिका रानामगर रहेका छन् । बाँकी सदस्य पछि मनोनीत गर्ने जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया