

मङ्कीपक्सलाई स्वास्थ्य आपतकाल घोषणा: विश्व स्वास्थ्य संगठनको चेतावनी


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् ‘एमपक्स’ भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट नभएको बताएको छ । मङ्कीपक्सको प्रकोपलाई नियन्त्रण गर्न सकिने भन्दै डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले यो कोभिड भाइरसको नयाँ रुप नभएको बताउनुभएको हो ।
उहाँले युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । डब्ल्यूएचओले युरोपेली क्षेत्रमा लकडाउन गर्ने कुरा हल्ला मात्र भएको र सत्य नभएको पनि स्पष्ट पारेको छ ।
व्यक्तिबीच छालाको सम्पर्क मङ्कीपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको भन्दै डब्ल्यूएचओले मास्क प्रयोग गरेर मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने बताएको छ । अहिलेको अवस्थामा विश्वव्यापी रुपमा भन्दा पनि सबैभन्दा उच्च जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गरिएको डब्ल्यूएचओको भनाइ छ ।
अफ्रिकी देशबाट फैलिरहेको मङ्कीपक्स ‘क्लेड वान बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया