
मुख्यमन्त्री आचार्यलाई विश्वासकाे मत प्राप्त

साझाकुरा, काठमाण्डाै | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले आज प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका नाै, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक गरी ११ जना सांसदले मतदान गरे । प्रदेश सभामा चार जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो ।
अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये सात वटा दलका सांसद र स्वतन्त्र सांसद खड्ग बस्नेतले आचार्यको पक्षमा मत दिएका छन् । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित आचार्य गएको साउन ७ गते कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया