

मुख्यमन्त्री आचार्यलाई विश्वासकाे मत प्राप्त



साझाकुरा, काठमाण्डाै | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले आज प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका नाै, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक गरी ११ जना सांसदले मतदान गरे । प्रदेश सभामा चार जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो ।
अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये सात वटा दलका सांसद र स्वतन्त्र सांसद खड्ग बस्नेतले आचार्यको पक्षमा मत दिएका छन् । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित आचार्य गएको साउन ७ गते कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया