

शेयर बजारमा उच्च अंकको करेक्शन: ३४ अंकले घट्यो नेप्से



काठमाडौं । निरन्तर बढिरहेको शेयर बजारमा आज भने करेक्शन आएको छ । बजार ओरालो झरेसँगै नेप्स ३ हजार अंकबाट तल झरेको छ, कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.४७ अंकले घटेको छ । १.१४ अंकले बजार घट्दा नेप्से परिसूचक २९६६.३३ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड ०.३८ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । होटल समूह सबैभन्दा बढी ४.४९ प्रतिशतले घटेको छ ।

आज ३३० कम्पनीका ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६.१२ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । राष्ट्रिय बीमा कम्पनी, एलआईसी नेपाल, मल्टिपर्पोस फाइनान्स र सम्पदा लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० प्रतिशतले नाफा कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ९.९३ प्रतिशतले नाफा कमाए ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाए ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ८२ करोड १४ लाख ८१ ह्जार १ सय ३५.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया