बाणगंगाको कोइली खोला पुल : एक महत्वपूर्ण पूर्वाधार निर्माण कार्य सुरु


साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली खोला पुल निर्माणको काम सुचारु भएको छ । यो पुल बन्ने प्रक्रिया सुरु भएसँगै यहाँका स्थानीय पनि खुसी भएका छन् । वर्षाै देखिको स्थानीयको माग सम्बोधन भएपछि यहाँका स्थानीय खुसी भएका हुन ।

वाणगंगा नगरपालिकाको वडा नम्बर ९ स्थित यो पुलको आयोजना RIDOKAP/10134/NCB/80–81/76 नामक ठेक्का अन्तर्गत अघि बढाइएको छ।

यस्तो छ पुलको विशेषता
पुलको लम्बाईः ७० मिटर
पुलको उचाईः ३.७५ मिटर जमिन माथि
पुलको चौडाईः १० मिटर (७.५ मिटर carriage way र १.२५ मिटर फूटपथ दुवैतर्फ)
पुलको किसिमः Prestress bridge pile foundation
अन्य कार्यः पुलको दुवैतर्फ पहुंच मार्ग निर्माण

यो महत्वाकांक्षी आयोजना भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशको योजना अन्र्तगत सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तु द्वारा निर्माण गर्न लागिएको हो । प्राविधिक सहयोग स्थानीय सडक पूल कार्यक्रम, ललितपुरबाट प्रदान गरिने जनाइएको छ ।

वर्षाै देखि अलपत्र अवस्थामा रहेको बनगाई–मोतिपुर–भलवाड– डोहोटे सडक खण्डको कोइली खोलामा पुल नहुँदा यहाँका स्थानीय सास्तीपूर्ण र जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । खासगरी वर्षायामका बेला यहाँका स्थानीयले जोखिमपूर्ण यात्रा गरिरहेका थिए । पुर्व पश्चिम राजमार्ग देखि बाणगंगा नगरपालिकाको वडा नम्बर ७ र ९ हुँदै अर्घाखाँचीको सितगंगा नगरपालिका स्थित गोरुसिँगे–सन्धिखर्क सडक खण्डसँग जोडिने यो सडक पुल नहुँदा पछि परिरहेको छ । कोइली (क) मा यस अघि पुल बनिसकेको भए पनि कोइली (ख)मा पुल बन्न बाँकी थियो ।

लागत विवरण :

अनुमानित लागतः रु. ११,४९,०२,८००।७३ (म.अ.क. सहित)
कुल लागत (ठेक्का सम्झौता रकम) : रु. ९,०३,७८,०६८।७४ (म.अ.क. सहित)

पुल निर्माणको जिम्मा श्री श्रेष्ठ / एन वि जेभी, बुटवललाई दिइएको छ। निर्माण कम्पनीले आयोजना निर्माणको सम्झौता मिति २०८१ असार २० गते गरेको थियो। ठेकेदार कम्पनीले यो पुल २ वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

यस पुलको निर्माणले स्थानीय यातायात र सडक सञ्जालको संचारमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

खबर सबै