

बिर्सिएर पनि स्मार्टफोनमा यी कार्य नगर्नुहोस्



सामाजिक सञ्जाल र इन्टरनेटको राम्रो पहुँचको कारण आजकाल हरेक व्यक्ति स्मार्टफोनको माध्यमबाट धेरै कामहरू आफैं गर्न सक्छन् । यस्तो अवस्थामा धेरै मानिसहरू आफूलाई स्मार्टफोनको विशेषज्ञ ठान्छन् ।
यदि तपाईं पनि सोच्नुहुन्छ कि तपाईंलाई फोनको बारेमा सबै कुरा थाहा छ र मोबाइल फोनसँग सम्बन्धित कुनै समस्या हुँदैन भने तपाईं गलत हुनुहुन्छ । आफूलाई स्मार्टफोनको विशेषज्ञ ठान्दा तपाईंलाई आर्थिक हानि पनि हुन सक्छ ।
स्मार्टफोनको ब्याट्री परिवर्तन गर्ने
यदि फोनको ब्याट्रीमा कुनै समस्या आएको छ र तपाईं आफैं ब्याट्री परिवर्तन गर्ने प्रयास गर्नुहुन्छ भने यसले फोनलाई मात्र होइन, तपाईंलाई पनि हानि पुर्याउन सक्छ । फोनमा लिथियम ब्याट्री दिइएको हुन्छ, यस्तो अवस्थामा अलिकति लापरवाहीले ब्याट्रीमा विस्फोट पनि हुन सक्छ ।
अनुचित सफ्टवेयर इन्स्टल गर्ने
यदि तपाईं आफूलाई फोनको विशेषज्ञ ठानेर कुनै अनुचित सफ्टवेयर डिभाइसमा इन्स्टल गर्नुहुन्छ भने यसले फोनको वारन्टी समाप्त हुन्छ । साथै, डिभाइसलाई हानि पनि पुग्न सक्छ । यस्तो गल्ती कहिल्यै नगर्नुहोस् ।
आफैं स्क्रीन परिवर्तन गर्ने
स्मार्टफोनको स्क्रीन निकै नाजुक हुन्छ, त्यसैले स्क्रिनमा धेरै दबाब दिनु हुँदैन् । यदि फोनको स्क्रीनमा कुनै समस्या आएमा धेरै मानिसहरू आफैं स्क्रिन परिवर्तन गर्न प्रयास गर्छन्, जसका कारण धेरै पटक डिभाइस भित्र ठूलो समस्या पनि हुन सक्छ ।
गलत चार्जरको प्रयोग
मोबाइल फोनको लागि चार्जर निकै महत्त्वपूर्ण हुन्छ । यस्तो अवस्थामा धेरै मानिसहरू आफूलाई विशेषज्ञ ठानेर कुनै लोकल चार्जरको प्रयोग गर्छन् । यस्तो गर्दा फोनको क्षमता र ब्याट्रीमा नराम्रो असर पर्छ । फोन चार्ज गर्नको लागि सधैं कम्पनीले दिएको ओरिजिनल चार्जरको मात्र प्रयोग गर्नुहोस् ।
- ICT समाचारबाट साभार


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया