

अनुचित लेनदेन आरोपमा सात जना समातिए



दाङ | अनुचित लेनदेनको आरोपमा प्रहरीले घोराहीबाट सात जनालाई पक्राउ गरेको छ । चर्को ब्याजमा ऋण दिई ठगी गरेको आरोपमा पााच महिला र दुई पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाले बताए ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५, बीपी चोक निवासी ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान् ५८ वर्षीय धर्मबहादुर बस्नेत, ५३ वर्षीया पार्वता केसी, ३४ वर्षीया ममताकुमारी केसी डीसी, ३७ वर्षीया ऋषा बोहरा, यामाकुमारी बस्नेत र घोराही–८ का ५१ वर्षीय तिलकबहादुर महरा क्षत्री छन् ।
ऋण लिने व्यक्तिबाट खाली चेक लिएर आफूखुसी रकम भर्ने र चेक बाउन्सको मुद्दा दिने, साँवा–ब्याजसहितको तमसुक बनाउने, रकम फिर्ता पाइसकेपछि पनि तमसुक हरायो भन्दै नदिने र अन्त्यमा लेनदेनको मुद्दा दिने जस्ता काम गरेपछि उनीहरूलाई पक्राउ गरेको डीएसपी तिमिल्सिनाले बताए ।
विभिन्न व्यक्तिहरूले साउन २० मा जाहेरी दरखास्त दिएपछि आरोपितलाई तत्काल पक्राउ गरी अदालतमा पेस गरेको उनले जानकारी दिए । अदालतबाट म्याद थप गरी हाल विस्तृत अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बिहीबार मात्रै पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया