

रुपन्देही : कक्षा ८ मा पढ्ने बालिकाको मृत्यु





रुपन्देहीको कन्चन गाउँपालिका– १ सानोउकाली सामुदायिक टोलमा बस्ने बालिका सन्ध्या विश्वकर्माको निधन भएको छ ।
कन्चन १ लौसामा सन्चालित दुर्गा माध्यमिक बिद्यालय कक्षा ८ मा अध्ययन गर्ने ती बालिकाको उपचारको क्रममा मृत्यु भएको विद्यालयले जानकारी दिएको छ । बाबा चित्र बहादुर विश्वकर्मा र आमा गिता विश्वकर्माको छोरी सन्ध्याको निधन भएपछि परिवार शोकमा डुबेको छ ।
पारिवारिक श्रोतका अनुसार सामान्य बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरिएको थियोे । त्यहाँ उपचार संभव नभएपछि बुटवलमा रहेको मुटु अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा निधन भएको बताइएको छ ।
बिद्यालयले लामो समयदेखि अध्ययन गरेकी सन्ध्या विश्वकर्मा अनुशासिन र मेहनती रहेको र उनलाई गुमाउँदा बिद्यालय परिवार नै दुःखित भएको बताएको छ । अहिले उनका बुबा बिगत महिनादेखि परिवारदेखि सम्पर्क बिहिन रहेका छन् । घरपरिवारको समेत आर्थिक अबस्था कमजोर रहेको बताईएको छ । अहिले घरमा आमा र छोरा मात्रै छन् ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया