



कपिलवस्तुमा सम्बन्ध विच्छेदका घटना वृद्धि, ५ वर्षमा एक हजारबढी मुद्दा दर्ता

कपिलवस्तु | कपिलवस्तुमा सबन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो ।
अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएका छन् । विगत पाँच वर्ष यता कुल १ हजार ५९२ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएका र गत वर्ष दर्ता भएका गरी कुल ४ सय ५० मुद्दा दर्ता भएका थिए । गत वर्ष नयाँ दर्ता २ सय ८६ र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १ सय ६४ मुद्दा थिए । त्यस मध्ये ३ सय ४४ मुद्दा फैसला भएको र १ सय ६ मुद्दा जिम्मेवारी सारिएको थियो ।
२०७९÷०८० मा कुल ३ सय ४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको १ सय ३४ मुद्दा थियो । गत आर्थिक वर्ष कुल ४ सय ७९ लगत मध्ये ३ सय १५ सम्बन्ध विच्छेदका फर्छ्यौट भई १ सय ६४ मुद्दा फर्छ्यौट हुन बाँकी थियो । आव २०७८÷०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो । त्यस मध्ये ३ सय ७८ फर्छ्यौट भई १ सय ३४ अर्को वर्षका लागि जिम्मेवारी सारिएको थियो । २०७७÷०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन् । घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको हो। महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरू अदालत सम्म पुग्ने गरेका छन् । अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुङ्गिने गरेको छ।
अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको हो । अधिकांश प्रेम विवाह गरेकाहरू नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ ।‘ केटाले बाँड्ने ठुलठुला सपना पुरा नहुँदा समस्या बढी रहेको छ ’ अधिवक्ताले भने ‘ युवा अवस्थामा केटा केटी यर्थात भन्दा भावनामा बग्छन् । ’ जुन कुरा पछि पुरा नहुँदा पारिवारिक बेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ । ‘ लहलहैमा विवाह गर्ने सख्या बढ्दो छ’ अधिवक्ताले भने ।
कलिलोमा विवाह ग¥यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढने गरेको । त्यसपछि सम्बन्ध विच्छेदकलागि अदालत आउने गर्छन् ।
मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी थप्छन् । अदालतले सके सम्म पती पत्नी बिच मेलमिलापको पहल गर्छ अदालतका श्रेस्तेदार सुमन पाण्डेयले भने त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ । सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन् । तर नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषहरूले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन् । ‘ श्रीमान् रोजगारीकारलागि बिदेसिन्छिन् अदालतका श्रैस्तेदार सुमन पाण्डेयले भने उनीहरुले पठाएको रेमिटेन्स जथाभाबी खर्च गरेर तडकभडक देखाउँदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढ्दै गएको छ ।
आधुनिक फेसन शैली र रहनसहनको विकृति पनि हो उनले भने यसले श्रीमान् श्रीमतीको सम्बन्ध बिग्रँदा अदालत ढोका घिच्चाउने बढ्दो छन् ।’ । घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाइजो र नपुंसकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातीय प्रेम विवाह बाल विवाह, श्रीमानले गर्ने हिंसा पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको । अदालतमा धरै पर्ने मुद्दा मध्ये सम्बन्ध विच्छेद पनि एक हो ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया