

काभा बिच भलिबलको ‘फाइनल’मा नेपाललको महिला टोली


काठमाडौं | नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २१-१३, २१-१२ ले हरायो । नेपाली टोली समूह चरणमा खेलेको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल पुगेको थियो । नेपालको पुरुष टिमले पनि आजै सेमिफाइनल खेल्दैछ । मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगिता सेमिफाइनल र फाइनल खेलहरू पनि आजै हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया