

थाई एयर एशियाले बैङ्कक–भैरहवा हप्तामा चार दिन उडान गर्ने



साझाकुरा, काठमाडौं | थाइल्याण्डको बैङ्कक मुख्यालय भएको थाई एयर एशियाले बैङ्कक–भैरहवा हप्तामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई हिजो भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एशियाले काठमाण्डौ र भैरहवामा उडान अनुमति मागेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले हप्तामा काठमाडाैंमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । भैरहवामा अहिले हप्तामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ ।
काठमाडाैंबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ । ५८ वटा विमान भएको थाई एयर एशियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया