

करेन्ट लागेर कृष्णनगरमा एकको मृत्यु




साझाकुरा | कपिलवस्तुकाे कृष्णनगर नगरपालिका- ९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया