
केरला पहिराेमा परी एक नेपालीसहित ४५ काे मृत्यु, सयाैँ बेपत्ता !




भारतको केरला राज्यको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ३ बजे ४ ठाउँमा पहिरो खसेको थियो । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् । घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ४०० भन्दा बढी व्यक्ति बेपत्ता छन् । ५० जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ ।
पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्याएको छ ।
केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जानकारी दिए । तर, वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया