

गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला



गुल्मी : गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की मृत फेला परेका हुन् ।
उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।
उनी मुसिकोट नगरपालिका वडानम्बर–१ अरेवा घर भई हाल वडा नम्बर–२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र बाहक कार्की इस्मा गाउँपालिका–१ स्थित खेतबाट फर्किने क्रममा खोला तर्दा बगेका थिए ।


खबर सबै
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र
-
सुनको मूल्य तोलामा ३२ सयले घट्यो
-
खोलामा डुबेर एक जनाको मृत्यु







प्रतिक्रिया