साझाकुरा व्रिफिङ : आज दिनभर देशमा

दाइ एजेण्ट रहेको कम्पनीलाई २ अर्ब ३९ करोडको ठेक्का दिन कुलमानकाे बदमासी, अख्तियारमा उजुरी

पहिलो कार्यकालमा लोडसेडिङमुक्त बनाएपछि वाहिवाही कमाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ त्यसपछि एकपछि अर्काे काण्डमा लागे। उनको कार्यकाल सकिएपछि घर फर्किएका थिए। तर, नेकपा पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा उनी फेरि प्राधिकरणको प्रबन्धक निर्देशक छन्।

उनी अहिले कमाइधन्दामा छन्। आफूले चाहेको कम्पनीलाई ठेक्का दिन घिसिङले ग्लोबल टेण्डर प्रक्रियामा बदमासी गरेका छन्। घिसिङले आफूले चाहेको कम्पनीलाई ठेक्का दिन बोलपत्रदाताले पेश गरेको प्रस्ताव नै संशोधन गराएका थिए। प्राधिकरणले आह्वान गरेको बोलपत्रको सूचनाअनुसार भारतका ३ कम्पनी रुद्रानी इन्फ्रास्ट्रचर, ज्याक्सन लिमिटेड र मोहन इनर्जी कर्पोरेसनले प्रस्ताव पेश गरेका छन्। नेपालको वाइबा इन्फ्राटेक प्रालि र जोइन्ट भेन्चरका रुपमा चीनको जेजिआङ ओरिएन्ट इन्जिनियरिङ कम्पनी–होङ इलेक्ट्रिकल कम्पनीले प्रस्ताव पेश गरेका छन्।

चौतर्फी घेराबन्दी तोडेर सिंहदरबार फर्किएका ओली

एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा प्रधानमन्त्री बन्दा उनीसँग झण्ड शतप्रतिशत सांसदको समर्थन थियो ।

उनको पार्टी नेकपा एमालेसँग नै बहुमतनजिकको शक्ति थियो । त्यसमा माओवादी मिल्दा दुई तिहाइ नै हुन्थ्यो । माओवादीले पाएको सिटमा पनि एमालेकै प्रताप थियो ।

केही समयमै माओवादी एमालेमा विलय भयो । त्यसपछि मुलुक अब राजनीतिक स्थायित्वतर्फ अगाडि बढ्यो भनेर आमरुपमा आशाको सञ्चार भयो । तर राजनीति सोचेअनुसार भएन । ओलीले सरकार चलाएको केही समयमै पार्टीभित्रै उथलपुथल सुरु भयो । ओलीका विरुद्धमा उनकै पुराना सहकर्मी माधव नेपालदेखि झलनाथ खनाल र वामदेव गौतमहरु सल्बलाए । त्यसमा हावा भर्न पुष्पकमल दाहाल प्रचण्ड लागिपरे ।

सर्वाेच्चमा यो साता सुनुवाई नहुने

सर्वाेच्च अदालतमा यो साता सुनुवाई नहुने भएको छ ।नयां आर्थिक २०८०।०८१ सुरु भएसंगै सर्वाेच्च अदालतले सुनुवाईका लागि साप्ताहिक तथा दैनिक पुरक सूचिमा कुनैपनि मुद्दाको पेशी सूचि नराखेको हो ।

नयां आर्थिक बर्षका लागि मुद्दाको दायरी किताब तथा ढड्डाहरु तयार गर्नका लागि समय लाग्ने भएकोले यो साताका लागि मुद्दाको पेशी सूचि नचढाइएको हो । बन्दीप्रत्यक्षीकरणका निवेदनमा समेत सर्वाेच्च अदालतमा सुनुवाई नुहुनुलाई भने आश्चर्यजनक विषय हो ।

एम्बाप्पेले गरे रियल मड्रिडसँग ५ वर्षको सम्झौता

फ्रान्सका युवा फुटबलर केलियन एम्बाप्पेले स्पेनी क्लब रियल मड्रिडसँग ५ वर्षको सम्झौता गरेका छन् । क्लबका अध्यक्ष फ्लोरेन्तिनो पेरेज र फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले आजसम्झौता हस्ताक्षर गरेका हुन् ।

सम्झौताअघि एम्बाप्पेको मेडिकल जाँच भएको थियो । मेडिकल जाँच पास भएपछि उनलाई ८० हजार जना दर्शकको अघि मड्रिडको सान्टियागो बर्नबेउ स्टेडियममा उपस्थित गराइएको थियो । उनले ९ नम्बरको जर्सी लगाउनेछन् । एम्बाप्पेले रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले जस्तै सुविधा पाउनेछन् ।

जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो ।

आव २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । “गत आव २०७९/८० कोे तुलनामा रु २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ”, उहाँले भन्नुभयो । गत आवमा रु ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको थियो ।

आर्थिक अनुशासन र अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौँः लेखा समिति

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनिष झा हुनुहुन्छ ।

समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विभिन्न विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसकेको छ । अन्य उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायमा जवाफ माग गरिएकामा केहीको जवाफ प्राप्त भए पनि कतिपयको जवाफ प्राप्त नभएको समितिले जनाएको छ ।

बरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मच्छिन्द्रसगं आर्मी पराजित

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबले विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न दिनको अन्तिम खेलमा मच्छिन्द्रले आर्मीलाई १–० गोलले पराजित गरेको हो। मच्छिन्द्रको जितमा कबिर तामाङले निर्णयक गोल गरे। निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

नसुनी विपदमा चौबिस घण्टामा सात जनाको मृत्यु

मनसुनी विपद्मा परेर गएको चौबिस घण्टामा सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।

विराटनगर दुग्ध वितरण आयोजनाले दुग्ध कृषकलाई ३६ करोड रुपैयाँ दूधको बक्यौता तिर्न बाँकी

विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकहरूलाई करिब ३६ करोड रुपैयाँ दूधको बक्यौता तिर्नुपर्ने देखिएको छ ।

निजी डेरीको दूध तथा दुग्धजन्य पदार्थको मूल्य सस्तो भएकाले विराटनगर दुग्ध वितरण आयोजनाको उत्पादनको बिक्री घटेकाले दूधको बक्यौता तिर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको दूध प्रतिलिटर ९८ रुपैयाँमा बिक्री गर्दै आएकोमा निजी डेरीले ९० रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्दै आएको छन् ।

प्रधानमन्त्री ओलीलाई समकक्षीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकारप्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

खबर सबै