
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, यसरी हुँदै छ मन्त्रालय भागबण्डा

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए । दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।
यसैबीच कांग्रेस र एमाले बीच प्रभावशाली मन्त्रालयमा भागबन्डा गर्ने सहमति भएको छ । अर्थ र गृह मन्त्रालय दुई दलले लिने समझदारीजस्तै मोडालिटीमा अरु प्रभावशाली मन्त्रालयको भागबन्डा गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । अन्य प्रभावशाली र बजेट भएका मन्त्रालयमा सञ्चार, परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा, सहकारी विकास र पर्यटन छन् । सरकारको नेतृत्व गरेको एमालेले सञ्चार लिँदा परराष्ट्र कांग्रेसले लिनेछ । भौतिक पूर्वाधार एमालेले राख्दा कांग्रेसको भागमा ऊर्जा पर्नेछ । यी प्रभावशाली ८ मन्त्रालय कांग्रेस वा एमालेको भागमा आधा(आधा पर्ने छन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि महत्त्वपूर्ण र कामको चाप धेरै हुने मन्त्रालयमा दलबीच पावर शेयरिङ हुने जानकारी दिए । स्रोतका अनुसार अहिलेसम्मको मोटामोटी सहमतिमा अर्थ, सञ्चार, भौतिक पूर्वाधार, उद्योग, कानून र पर्यटन एमालेले पाउने देखिएको छ । गृह, परराष्ट्र, ऊर्जा, शहरी विकास कांग्रेसले पाउनेछ । यद्यपि मन्त्रालयको भागबन्डामा अन्तिम समझदारी भइसकेको छैन । ती नेताको अनुसार साना दल पनि सहभागी हुँदा एमालेको भागमा ८ र कांग्रेसको भागमा ९ मन्त्रालय पर्नेछन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया