

बुटवलबाट काठमाडौ जाँदै गरेकाे बसमा ढुङ्गा खस्दा चालककाे मृत्यु




साझाकुरा । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।


खबर सबै
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने











प्रतिक्रिया