

विद्यार्थी भर्ना र बिदाइका नाममा गर्ने फजुल खर्च रोक्न माग


बुटवल | अभिभावक संघ रुपन्देहीले विद्यार्थी भर्ना र बिदाइका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ ।
कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई स्वागत र कक्षा १२ को बिदाइ कार्यक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरूको ध्यानाकर्षण गराएको हो ।
कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरूलाई स्वागत र कक्षा १२ को बिदाइ कार्यक्रमका नाममा अभिभावकहरूबाट विद्यार्थीमार्फत मोटो रकम उठाइएको भन्दै संघले आपत्ति जनाएको छ ।
तडक-भडकका साथ पार्टी प्यालेस, स्तरीय होटलमा राष्ट्रिय स्तरका कलाकार बोलाई गर्ने गरिएको त्यस्ता कार्यक्रमप्रति अभिभावक संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष लोकनाथ ज्ञवालीले बताए । यस्ता गतिविधिका सम्बन्धमा अभिभावकहरूबाट बारम्बार संघमा गुनासो आएकाले गम्भीर हुन ध्यानाकर्षण गराइएको हो ।
संघले शैक्षिक सत्र २०८१/८२ देखि शिक्षा क्षेत्रमा यस्ता अशोभनीय हुने कार्यक्रमहरू नगर्न/नगराउन विद्यालयहरूलाई आग्रह गराएको ज्ञवालीले बताए । साथै यस्ता कार्यक्रमहरू आ-आफ्नो विद्यालयको प्राङ्गण तथा कार्यक्रम हलमा आफ्नै विद्यार्थीहरूले कला प्रस्तुत गर्ने गरी गर्न समेत आग्रह गरिएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया