
विद्यार्थी भर्ना र बिदाइका नाममा गर्ने फजुल खर्च रोक्न माग




बुटवल | अभिभावक संघ रुपन्देहीले विद्यार्थी भर्ना र बिदाइका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ ।
कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई स्वागत र कक्षा १२ को बिदाइ कार्यक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरूको ध्यानाकर्षण गराएको हो ।
कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरूलाई स्वागत र कक्षा १२ को बिदाइ कार्यक्रमका नाममा अभिभावकहरूबाट विद्यार्थीमार्फत मोटो रकम उठाइएको भन्दै संघले आपत्ति जनाएको छ ।
तडक-भडकका साथ पार्टी प्यालेस, स्तरीय होटलमा राष्ट्रिय स्तरका कलाकार बोलाई गर्ने गरिएको त्यस्ता कार्यक्रमप्रति अभिभावक संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष लोकनाथ ज्ञवालीले बताए । यस्ता गतिविधिका सम्बन्धमा अभिभावकहरूबाट बारम्बार संघमा गुनासो आएकाले गम्भीर हुन ध्यानाकर्षण गराइएको हो ।
संघले शैक्षिक सत्र २०८१/८२ देखि शिक्षा क्षेत्रमा यस्ता अशोभनीय हुने कार्यक्रमहरू नगर्न/नगराउन विद्यालयहरूलाई आग्रह गराएको ज्ञवालीले बताए । साथै यस्ता कार्यक्रमहरू आ-आफ्नो विद्यालयको प्राङ्गण तथा कार्यक्रम हलमा आफ्नै विद्यार्थीहरूले कला प्रस्तुत गर्ने गरी गर्न समेत आग्रह गरिएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया