मोतिपुर प्रगतिशील युवा क्लवको दोस्रो साधारणसभा सम्पन्न


साझाकुरा,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मोतिपुर प्रगतिशील युवा क्लवले आफ्नो दोस्रो वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न गरेको छ । वडा नम्रब ७ मोतिपुरमा आयोजना गरिएको कार्यक्रममा क्लवले आगामी वर्षका लागि युवा ल लक्षित विभिन्न कार्यक्रमहरुलाई प्राथामिकतामा राखेको जनाएको छ ।

अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेलको प्रमुख आतिथ्यता तथा जनसेवा कृषि सहकारी संस्थाका अध्यक्ष टोपबहादुर थापाको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा खानेपानी संस्थाका उपाध्यक्ष माधव खनाल, प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष प्रेम पौडेल, देउराली टोलविकास संस्थाका अध्यक्ष प्रदिप क्षेत्री, युवा समाजसेवी टोम जि.सी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सदस्य हरिशंकर पौडेलले मोतिपुर प्रगतिशील युवा क्लवले युवाहरुका लागि रचनात्मक र सिर्जनशील कार्यक्रमहरु गरिरहेकोमा धन्यवाद दिदैँ आगामी दिनमा पनि सामाजिक क्षेत्रका सचेतनामूलक र युवाहरुको क्षेमता विकासका कार्यक्रममा समेत सक्रिय हुन आग्रह गर्नुभयो ।

यस्तै क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले क्लवको वार्षिक प्रगति प्रतिवेदन र भावी योजना सार्वजनिक गर्दै वडा नम्बर ७ भित्रका युवायुवतीहरुलाई क्लवमा आबद्ध गराई विभिन्न क्षेत्रका कार्यक्रममा सहभागी गराइएको भन्दै युवा लक्षित खेलकुद, सामाजिक विकास, सचेतना र जनजागरणका अभियानमा समेत मोतिपुर प्रगतिशिल युवा क्लवले काम गर्दै आएको जानकारी दिनुभयो ।

यस्तै आउँदो वर्ष क्लवले यहाँका अधिक्तम नयाँ युवायुवतीहरुलाई क्लवमा अबद्ध गराई सदस्यता संख्या बृद्धी गर्ने र उनीहरुलाई यहाँ हुने हरेक सामाजिक गतिविधिमा सक्रिय बनाउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा क्लवका कोषाध्यक्ष दिनेश खनालको आर्थिक प्रतिवेदन, उपाध्यक्ष प्रियङ्का थारुको स्वागत र सचिव विष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै