
नेपालमा अझै २० प्रतिशतबढी जसङ्ख्या गरिबीकाे रेखामुनि

नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझै २० प्रतिशतभन्दा धेरै जसङ्ख्या गरिबीकाे रेखामुनि रहेका देखाएकाे हाे । प्रदेशगत रूपमा हेर्दा गरिबीकाे रेखामुनि रहेकाे जनसङ्ख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बाग्मती प्रदेशमा छ ।
प्रतिवेदनले आफ्नै घर भएका जनसङ्ख्या ८१ दशमलव ४ प्रतिशत देखाएकाे छ । यस्तै १५ दशमलव १ प्रतिशत परिवार भाडाका घरमा बस्ने गरेका र २ दशमलव ७ प्रतिशत परिवारसँग घर नभएकाे सर्वेक्षणले देखाएको छ ।
यस्तै विद्यालयमा पहुँच भएका विद्यार्थीको सङ्ख्या ७० दशमलव २ प्रतिशत रहेकाे छ । सरुवा रोग लागेका जनसङ्ख्या २४ दशमलव ९ र नसर्ने रोग लागेका जनसङ्ख्या १८ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २९ दशमलव ३ प्रतिशत जनसङ्ख्या चिकित्सा परामर्शको पहुँचमा रहेका सर्वेक्षणले देखाएकाे छ ।
यस्तै प्रति घरपरिवारको आय वार्षिक ४३ हजार ७ सय ३२ रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार नेपालमा रोजगारी ३२ दशमलव ४ प्रतिशत रहेको छ भने बेरोजगारी ४ दशमलव ७ प्रतिशत रहेको छ । श्रमशक्तिमा नभएका जनसङ्ख्या ६२ दशमलव ९ प्रतिशत रहेको छ ।
यस्तै विदेशबाट रेमिट्यान्स भित्रिने घरपरिवार औसत ४९ दशमलव ४ प्रतिशत रहेको छ । न्यूनतम आधारभूत आवश्यकताको औसत लागत वार्षिक ७२ हजार नौ सय आठ रुपैयाँ रहेको प्रतिवेदनले देखाएकाे छ । यसमा खानामा ३५ हजार २९ र खानाबाहेक ३७ हजार आठ सय ७९ रुपैयाँ रहेको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया