

नेपाल र श्रीलंकाबीचको खेलको टिकट काटेका दर्शकले रकम फिर्ता पाउने

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न टिकट काटेका दर्शकले रकम फिर्ता पाउने भएका छन्।
आइसिसी विश्वकप २०२४ को ‘टिकेटिङ रिफाउन्ड पोलिसी’ अनुसार कुनै पनि खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएमा टिकटको रकम फिर्ता हुनेछ।
समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा तय भएको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको थियो।
आइसिसीका अनुसार आइसिसीको आधिकारीक वेभपोर्टल वा टिकट ट्राभल पार्टनरमार्फत रकम फिर्ता लिन सकिनेछ।
थर्ड पार्टी ब्रिकेताबाट टिकट खरिद गरेकाले भने रकम फिर्ता पाउने छैनन्।
टिकटको रकम फिर्ता प्रतियोगिता जुन २९ मा सकिएको आठ साता भित्रमा हुने आइसिसीको भनाइ छ।
यो अवधिभित्र टिकटको रकम फिर्ता नभए आइसिसीको टिकेटिङ इमेलमा सम्पर्क गर्नु पर्नेछ।
ट्राभल प्याकेजबाट टिकट खरिज गरेकाले सम्बन्धित ट्राभलमा सम्पर्क गर्नुपर्नेछ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया