

पश्चिम तराईमा आज अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने





काठमाडौं : मनसुनी प्रणाली कोसी प्रदेशबाट अगाडि बढेको छैन । सोमबार नेपाल भित्रिएको मनसुन मंगलबार बिहानसम्म पनि कोसी प्रदेशमै छ ।
“मनसुन उल्लेख्य रूपमा अगाडि बढ्न सकेको छैन । कोसी प्रदेशका सबै स्थानमा पनि मनसुन फैलिसकेको छैन,” मौसमविद् सञ्जीव अधिकारी बाह्रखरीसँग भन्छन्, “कोसी प्रदेशका धेरै भागमा पुगे पनि सबै भू–भागमा फैलिसकेको छैन ।”
कोसी प्रदेशमा भने मनसुनी प्रणालीका कारण वर्षा भएको छ । संखुवासभामा २४ मिलिमिटर वर्षा भएको छ । यो प्रदेशका अन्य केही भू–भागमा पनि वर्षा भएको छ ।
“कोसी प्रदेशमा रहेको मनसुनी प्रणाली पश्चिमतर्फ सर्न अझै समय लाग्नेछ । मध्य र पश्चिम तराईमा यो प्रणाली फैलिन अझै केही दिन लाग्नेछ,” मौसमविद् अधिकारीले भने ।
मनसुनी प्रणाली देशभर फैलिने औसत समय पाँच दिन हो । तर, हावाको गतिका आधारमा पाँच दिनभन्दा ढिलो वा चाँडो पनि फैलिन सक्छ । मनसुन देशभर फैलिन केही समय लाग्दा यसको प्रभाव तापक्रममा पर्नेछ । आज पनि मध्य र पश्चिम तराईका धेरै स्थानमा तापक्रम उच्च हुनेछ ।
“तराईका धेरै स्थानमा आज हिजोजस्तो बादल लाग्ने वा बदली हुने सम्भावना कम देखिएको छ,” मौसमविद् अधिकारीले भने, “पश्चिम तराईका धेरै स्थानमा आज अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहनेछ ।”
काठमाडौंमा पनि आज तापक्रम उच्च रहनेछ । अधिकारीका अनुसार काठमाडौंको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियसको आसपासमा रहनेछ ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया