

१५३ क्लव मध्ये लायन्स कपिलवस्तु बन्यो उत्कृष्ट क्लव

ईसाझाकुरा : हामी सेवा गछौँ भन्ने उदेश्य बोकेको लायन्स क्लवले आफ्नो चौथो क्याबिनेट बैठक सम्पन्न गरेको छ । लायन्स नेपाल अन्तर्गत डिस्ट्रिक ३२५ पि यरिया २ को आयोजनामा पाल्पामा कार्यक्रम सम्पन्न भएको हो । हाल लायन्स नेपाल डिस्ट्रिक ३२५ पिमा १५३ ओटा क्लवहरु रहेका छन् । लायन्स वर्ष २०२३/२४ मध्ये यो अन्तिम क्याबिनेट हो । आयोजित क्याबिनेटले ३२५ पि क्लवहरुमा लायन्स क्लव अफ कपिलवस्तुले उत्कृष्ट क्लवको उपाधि हात पारेको छ । १५३ क्लवहरु मध्ये वर्ष २०२३/२४ मा वर्षभर गरेका कामहरुको मुल्याङ्कन गरी उत्कृष्ट क्लव बनेको हो ।
यस्तै क्लवहरु मध्ये लायन्स कपिलवस्तुका अध्यक्ष १५३ क्लवहरु मध्ये उत्कृष्ट अध्यक्ष ओम प्रकाश घिमिरे, उत्कृष्ट सचिव राम प्रसाद भुसाल र उत्कृष्ट कोषाध्यक्ष गिरीराज कडेँललाई पनि डिस्ट्रिक गर्भनर अर्जुनमान सौंजुले सम्मान गरेका थिए ।
डिस्ट्रिक ३२५ पि मध्ये १० ओटा क्लवहरुलाई मात्र उत्कृष्ट क्लवहरु घोषण गरेको थियो ।
लायन्स कपिलवस्तुका पुर्व अध्यक्षहरुलाई सुरेन्द्र घिमिरे, धातानन्द भुसाल र रामशुभागे थारुलाई समेत विशेष प्रमाण पत्रले सम्मान गरिएको कार्यक्रममा क्लवले क्याबिनेटमा १५३ मध्ये सबै भन्दा बढी रजिस्टेशनको आर्वड समेत हात पारेको थियो ।
लायन्स कपिलवस्तु विभिन्न सामाजिक काममा अग्रसर हुदैँ जिल्लामा आफु बलियो क्लवका रुपमा स्थापना गरेको छ । भने २०८० सालबाट नेपालमा पहिलो पटक आयोजना गरिएको साइकल प्लाङक ब्यालेन्स प्रतियोगिताको पहिलो र दोस्रो सँस्करणले क्लवलाई ३२५ पि मात्र नभएर नेपालभर उत्कृष्ट बनाएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया