

खयरडाडाँमा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार





बुटवल । भगवान बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन इट्टाको इनार भेटिएको हो ।
गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाई र साँढे ३ मिटर गहिरो इट्टाको प्राचिन इनार भेटिएको लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिनु भयो । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भन्नु भयो ।
उहांका अनुसार प्राचिन इनार भएपनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै यकिन हुनेछ । इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरु भग्नाअवशेषहरु भेटिएको उप्रेतीले बताउनु भयो ।
उत्खननका क्रममा खयरडाडा क्षेत्रमा माटाका भाडा, प्राचिन इट्टाले लगाईको पर्खालका भग्नाअवशेषहरु भेटिएको छ । स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरु लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उप्रेतीले बताउनु भयो ।
बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उहाँले बताउनु भयो । रोहिणी पूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताउनु भयो । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरु पण्डितपुरमा भेटिएको छ । रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दावी गर्दै आएका छन् ।
प्राचिन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताउनु भयो । खयरडाडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामि दिनमा थप कदमहरु अगाडि बढाउने बताउनु भयो । देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।
लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी अझै एक महिना चल्ने बताईएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया