

टि २० विश्वकप : सुपर ओभरमा नामिबियासँग ओमान पराजित



ब्रिजटाउन : टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे ।
यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।
१ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे ।
खेलमा नामिबियाले खराब सुरुवात गरेको थियो । दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भए ।
ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो ।
पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।
त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो । डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया