

सामुदायिक विद्यालय तर्फ नेपाल भरिमै दाेस्राे स्थानमा बाणगङ्गाकाे जनता मा.वि



कपिलवस्तुकाे बाणगङ्गा स्थित जनता मावि देशभरबाट दाेस्राे स्थानमा आएकाे छ । सामुदायिक विद्यालय तर्फ नेपाल भरिमै जनता मा. वि दोस्रो स्थानमा रहेको हाे ।
माध्यामिक शिक्षा परीक्षामा कम्तिमा १ सय भन्दा बढि विद्यार्थी सहभागि गराई ३० प्रतिशतभन्दा बढि विद्यार्थीले औसत स्तरीकृत अङ्क (जिपिए) ३ .२ प्रतिशत वा सो भन्दा माथि अङ्क प्राप्त गर्ने १५ सामुदायिक विद्यालय मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । बाणगङ्गा नगरपालिकाकै एक मात्र नमुना विद्यालय जनता मावि प्रदेशमा भने एक नम्बरमा रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको छ । तथ्याङ्क अनुसार मोरङ्गको पोखरिया मावि प्रथम स्थानमा छ त्यस अनुसार बाणगङ्गाको जनता मावि पिपरा दोस्रो स्थानमा छ ।
गत वर्षको एसइइ नतिजालाई आधार बनाएर मन्त्रालयले सर्वेक्षण गरेको थियो । जस अनुसार जनता मावि पिपरामा २ सय ९८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सहभागि परीक्षार्थी मध्य औसत स्तरीकृत औसत स्तरीकृत अङ्क (जिपिए) ३.२ प्रतिशत वा सो भन्दा माथि अङ्क प्राप्त गर्ने ६२ .२८ प्रतिशत विद्यार्थी रहेको तथ्याङ्कले देखाएको छ ।



खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया