

आईपीएल क्रिकेटबाट बेंगलूरु बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा क्वालिफायर पुग्नका लागि भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) लाई हराएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै बेंगलूरु बाहिरिएको हो ।
गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका रजत पतिदरले सर्वाधिक ३४ रन बनाएका थिए ।
राजस्थानले अब पहिलो क्वालिफायरको पराजित टोली सनराईजर्स हैदराबादसँग फाइनल प्रवेशका लागि भोलि खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आउने आइतवार हुने छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया