

कान्समा सहभागी हुन फ्रान्स उडे मेयर बालेन





विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फ्रान्स गएका छन्। उनी गएराति फ्रान्स उडेको महानगर स्रोतले जनाएको छ।
कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स जान लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ। यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन्।
बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ।
फ्रान्सको कान्स सहर पनि सिनेमाको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो। सिनेमाको रचनात्मक सहरको रुपमा सूचीकृत भएपछि यतिबेला महानगरपालिका कार्यविधि निर्माणमा जुटिरहेको छ। २०८१ सालदेखि नै सिनेमा महोत्सवसहितका कार्यक्रम आयोजना गर्ने तयारी महानगरपालिकाको छ।
७७ औं कान्स महोत्सव मे १४ देखि २५ सम्म आयोजना हुँदैछ। कान्समा यस वर्ष नेपालमा छायांकन भएको सिनेमा ‘द सेमलेस’ र नेपाली भाषाको सिनेमा ‘तारा अ लस्ट स्टार’ छनोट भएका छन्। नेपाली सिनेमा भने यो वर्षको कान्समा छनोट भएका छैनन्।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया