विवाह वर्ष उत्सवमा पाैडेल दम्पतीले दिए विद्यालयलाई डिजिटल बाेर्ड

साझाकुरा,कपिलवस्तु । कपिलवस्तुकाे बाणगंगा नगरपालिका- १ मा अवस्थित एनडि कम्प्युटरका संचालक तथा युवा व्यवसायी सोनु पौडेलले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा विद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेका छन् । युवा व्यवसायी पौडेलले शनिबार एक कार्यक्रमका बीच १०औं बैवाहिक बर्षगाठको अवसरमा बाणगंगा नगरपालिका ८ मा अवस्थित बाणगंगा मावि लौगाईलाई डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन् ।

पौडेल र उनकी श्रीमती निसा पौडेलले संयुक्त रुपमा विद्यालयका प्रअलाई डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन् ।

बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च भन्दा विद्यालयलाई सहयोगले धेरै खुसी र मनमा शान्ति महसुस भएको पौडेल दम्पतीले बताए ।
अहिलेको डिजिटल युगमा विद्यालयलाई पनि डिजिटलाईज गर्ने दिशातर्फ अघि बढाउन यसले मद्दत गर्ने उनको भनाई छ ।

यस्ता कामले समाजमा पनि सकारात्मक सन्देश प्रवाह हुने उनको विश्वास छ । उनले विभिन्न अवसरमा आवश्यकता भन्दा बढी गरिने खर्चलाई जोगाएर सामाजिक काम गर्न अपिल समेत गरे ।

विद्यालय परिवारले पौडेल दम्पतीले बैवाहिक बर्षगाठमा गरिने फजुल खर्चको साटो विद्यालयलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको जनाएको छ ।

उक्त कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले समाजमा पौडेल दम्पतीले जस्तै बिभिन्न उत्सवमा गरिने फजुल खर्चले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने हो भने समाज रुपान्तरणमा ठूलो सहयोग मिल्ने बताएका छन् । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरे, पुर्व अध्यक्ष सुरेन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकास घिमिरेको
अध्यक्षता, तथा सह सचिव दामोदर पन्थीको सञ्चालन रहेकाे थियाे ।

प्रतिक्रिया