
देशभरबाट उत्कृष्ट बन्यो पत्रकार महासंघ लुम्बिनी प्रदेश र कपिलवस्तु जिल्ला शाखा

कपिलवस्तु । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र कपिलवस्तु शाखा मुलुकभरमै उत्कृष्ट घोषित भएका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनको क्रममा लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी र कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले सो सम्मान ग्रहण गरेका थिए ।
संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा र महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल लगायतले प्रसंसा पत्र वितरण गरेक थिए । कार्यसम्पादन मुल्यांकनको आधारमा नेपालको पत्रकारिता क्षेत्र र श्रमजिवी पत्रकारको हकहितको लागि राम्रो काम गरेको भन्दै सम्मान दिइएको केन्द्रिय समितिका महासचिव रोशन पुरीले बताए ।
अध्यक्षद्धय गिरी र बज्राचार्यले मुल्यांकन कमिटीलाई धन्यबाद दिएका छन् । गिरीको एक कार्यकालमै प्रदेश कमिटीले भवन बनाउन सफल भएको छ भने कपिलवस्तु शाखाले कोष वृद्धि लगायतको काम गरेका छन् । कपिलवस्तुसहित १७ वटा जिल्ला शाखा उत्कृष्ट हुँदा लुम्बिनी प्रदेशबाट मात्र ५ जिल्ला शाखा पुरस्कृत हुन सफल भएको अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।
अपिटाइमस ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया