

नेपालको अधिकांश इन्टरनेट सेवा डाउन


काठमाडौं : नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ । बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो ।
एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा समस्या आउनुमा भारतीय अपस्ट्रिम सेवा प्रदायक कम्पनी एयरटेलले लिङ्क काटिदिएको हुन सक्ने आशङ्का गरिएको छ । “यद्यपि यो विषय पुष्टि भइसकेको भने छैन,” टेकपानासँगको कुराकानीमा उनले भने ।
सरकारले विवादित बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ । जसका कारण सेवा प्रदायकले एयरटेल, टाटा लगायतका भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।
त्यसो त एयरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएको खण्डमा इन्टरनेट लिङ्क नै काटिदिने चेतावनी पटक पटक नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई दिंदै आइरहेका छन् । प्रमुख अन्तर्राष्ट्रिय ब्यान्डविथको नेटवर्क नै काटिएको र सहायक नेटवर्कबाट सीमित मात्रामा ब्यान्डविथ आइरहेको जनाइएको छ ।
यसले गर्दा नेटवर्कमा कन्जेसन बढेर सेवा प्रदायकहरूको सिस्टम नै पूर्ण रूपमा डाउन हुनसक्ने चिन्ता पैदा भएको छ । केही दिन अघि इन्टरनेट सेवा प्रदायकले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा भायानेटका संस्थापक विनय बोहोराले भारतीय अपस्ट्रिम प्रदायकले पाउनु पर्ने कूल रकम अनुमानित तीन अर्ब रुपैयाँ रहेको बताएका थिए ।
अवरुद्ध इन्टरनेट सेवा तत्काल पुनःस्थापनका लागि प्रयास जारी रहेको सेवा प्रदायकहरूका प्रतिनिधिहरूले बतएका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया