

ई–साझाकुराका सम्पादक न्यौपानेलाई ‘सक्रिय युवा पत्रकारीता पुरस्कार’ प्रदान


साझाकुरा,कपिलवस्तु । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले सक्रिय युवा पत्रकारीता पुरस्कारबाट ई -साझाकुराकर्मी भगवती न्यौपानेलाई सम्मान गरेको छ । शुक्रबार तौलिहवामा सम्पन्न महासंघको सम्पन्न ११ औँ साधारणसभा तथा आठौँ अधिवेशनको अवसरमा ई साझाकुराका सम्पादक न्यौपानेलाई सक्रिय युवा पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।
साझाकुरा मिडिया ग्रुपद्धारा संचालित ई साझाकुरामा न्यौपाने स्थापनादेखि नै सम्पादक हुनुहुन्छ । यसबाहेक कपिलवस्तु जिल्लाका विभिन्न संचारगृहमा आबद्ध न्यौपाने कपिलवस्तु जिल्लामा महिला अधिकार र बालवालिकाका क्षेत्रमा सक्रिय कलम चलाउनुहुन्छ ।
महासंघको साधारणसभा कार्यक्रममा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यले न्यौपानेलाई उक्त पुरस्कारबापतको नगद रकमसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यस्तै महासंघले प्रदान गर्ने सक्रिय युवा पत्रकारीता पुरस्कारबाट पत्रकार खगप्रसाद चापागाई पनि सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासंघले हरेक वर्ष जिल्लाका सक्रिय पत्रकारहरुको उत्प्रेरणाका लागि सक्रिय युवा पत्रकारीता पुरस्कार प्रदान गर्दै आएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया