ई–साझाकुराका सम्पादक न्यौपानेलाई ‘सक्रिय युवा पत्रकारीता पुरस्कार’ प्रदान


साझाकुरा,कपिलवस्तु । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले सक्रिय युवा पत्रकारीता पुरस्कारबाट ई -साझाकुराकर्मी भगवती न्यौपानेलाई सम्मान गरेको छ । शुक्रबार तौलिहवामा सम्पन्न महासंघको सम्पन्न ११ औँ साधारणसभा तथा आठौँ अधिवेशनको अवसरमा ई साझाकुराका सम्पादक न्यौपानेलाई सक्रिय युवा पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।

साझाकुरा मिडिया ग्रुपद्धारा संचालित ई साझाकुरामा न्यौपाने स्थापनादेखि नै सम्पादक हुनुहुन्छ । यसबाहेक कपिलवस्तु जिल्लाका विभिन्न संचारगृहमा आबद्ध न्यौपाने कपिलवस्तु जिल्लामा महिला अधिकार र बालवालिकाका क्षेत्रमा सक्रिय कलम चलाउनुहुन्छ ।

महासंघको साधारणसभा कार्यक्रममा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यले न्यौपानेलाई उक्त पुरस्कारबापतको नगद रकमसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यस्तै महासंघले प्रदान गर्ने सक्रिय युवा पत्रकारीता पुरस्कारबाट पत्रकार खगप्रसाद चापागाई पनि सम्मानित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघले हरेक वर्ष जिल्लाका सक्रिय पत्रकारहरुको उत्प्रेरणाका लागि सक्रिय युवा पत्रकारीता पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया