

दलको सदस्यता लिएका शिक्षकलाई ५ दिनभित्र राजीनामा दिन शिवराज नगरपालिकाको निर्देशन


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले पालिकाभित्रका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिन निर्देशन दिएको छ ।
पालिकाले बुधबार सूचना जारी गर्दै शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिन भित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सो को जानकारी शिक्षा विभागमा पेश गर्न निर्देशन दिएको छ ।
पालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारीणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएकालाई कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पत्राचार गरेको भन्दै शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको हो ।
पालिकाले जारी गरेको सूचनामा भनेको छ ‘यस पालिकाभित्रका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिन भित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सो को जानकारी यस कार्यालयमा पेश गर्न निर्देशन गर्ने र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धि उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफरीस गर्ने भनि नगर शिक्षा समितिको मिति २०८१।०१।१२ को बैठकबाट निर्णय भएको ।’


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया