वन क्षेत्र मासेर बाणगंगामा सौर्य प्लान्ट निर्माण नगर्न स्थानीयको माग


कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बन्ने भनिएको सोलार प्लान्ट आयाजना गलत स्थानमा निर्माण गर्न खोजिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित सामुदायिक वन क्षेत्र पर्ने खारखानीमा सोलार प्लान्ट राख्ने तयारी गरएको भन्दै स्थानीयले त्यसको बिरोध जनाएका हुन ।

स्थानीय समाजसेवी नेत्र गिरीको संयोजकत्वमा तयार भएको संयुक्त मोर्चा लगाएत स्थानीयहरुले खारखानीमा बाणगंगा सौर्य पि. भि आयोजना राख्न आगामी लगानी सम्मेलनमा पास गर्ने तयारी गरिएको भन्दै उक्त आयोजना हाल तोकिएको स्थानमा उपयुक्त नहुने बताए ।

हाल तोकिएको क्षेत्रमा उक्त आयोजना संचालन भए वातावरणीय सामाजिक र मनोबैज्ञानीक सांस्कृतिक असर पर्ने भएकाले यसलाई खारखानी क्षेत्रमा राख्न नहुने उनको दाबी छ ।
वडा नम्बर ७ का विभिन्न राजनैतिक दलका अगुवाहरु, नेपाली कांग्रेसका वडा सभापती शेषकान्त बेल्वासे, माओवादी केन्द्रका वडाध्यक्ष यम बहादुर के।सी , नेकपा समाजबादीका सिर्जना सुनार, राप्रपाका विकास रेग्मी, राष्टिय जनमोर्चाका हुम बहादुर क्षेत्री, नेकपा विप्लवका छेदि थारु, लगाएतले संयुक्त हस्ताक्षर गर्दै यस अगाडी नै बाणगंगा सौर्य पि।भी आयोजना रिजन क्लिन ईनर्जी नेपाललाई आयोजना रद्ध गर्न पत्राचार गरेका थिए । पछिल्लो समय लगानी सम्मेलनको चर्चा चलिरहेको बेला सो विषय पुन जोडिएको भन्दै यस स्थानमा उक्त आयोजना कुनै हालतले राख्न नहुने र यो आयोजना स्थानीयको हित विपरित राखेमा जनताले प्रतिरोध गर्ने उद्घोष गरिएको छ

आयोजना राख्ने भनिएको खारखानी क्षेत्रमा १ सय ४३ हेक्टर वन क्षेत्र पर्ने र ३९ लाख बढी रुखहरु काटिने हुदाँ यसले ठुलो क्षेती पुर्‍याउने भन्दै यसको विषय आएमा रोक्न हालै लुम्बिनी प्रदेशमा नव नियुक्त वन तथा वातावरण मन्त्री रहेका अर्जुन के।सी लाई समेत गिरीले ध्यानाकर्षण गराएको बताएका छन ।
सो क्षेत्रमा राख्ने भनिएको आयोजनाले सामुदायिक वनहरुसँग समेत कुनै सहकार्य नगरेको सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरीले बताए । प्लान्ट निर्माण गर्ने भनिएको स्थान प्रगति सामुदायिक वन क्षेत्र पर्ने स्थनीयहरुको भनाइ छ । उनीहरुले यस स्थानमा प्लान निर्माण गर्दा लाखौँ बोट बिरुवा मासिने भन्दै त्यसको असर पर्यावरणमा समेत पर्ने बताएका छन् ।

४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बनाउने गरी २०७९ मा कपिलवस्तुको बाणगंगा र बाँकेको कोहलपुर गरी दुई आयोजना घोषणा भएको थियो । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५/१२५ मेगावटका दुई आयोजना गरेर त्यस बराबरको सोलार प्लान्ट बनाउन प्रक्रिया सुरु भएसँगै बाणगंगा ७ का स्थानीयले त्यसको बिरोध जनाएका थिए । हाल पुनः यो आयोजनाको निर्माण प्रक्रिया सुरु हुन लागेको भन्दै स्थानीयले आयोजना रोक्न माग गरेका हुन । नेपालको हकमा यो हालसम्मकै ठूलो क्षमताको सौर्य ऊर्जा आयोजना मानिएको छ ।

उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गर्न लगानी बोर्ड र सिंगापुरको राइजेन इनर्जी नामक कम्पनीसँग सम्झौता भएको छ । लगानी बोर्डबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ छियाङले यो आयोजना सम्पन्न गर्न हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्र अनुसार उक्त दुई आयोजनाबाट २०/२० मेगावाटका दरले ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्ट पनि बनाउने गरी अध्ययन गरिने भनिएको थियो । आयोजनाको कुल लागत १८ करोड ९५ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया