

नेपाली श्रमिकको सिप बढाउन सहयोग गर्ने अमिर थानीको प्रतिबद्धता





काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा उनले नेपाली श्रमिकको प्रशंसा गरे । कतारमा हाल ३ लाख ६० हजार हाराहारीमा श्रमिक छन् ।
कतारका अमिर थानीले ती नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । उनले नेपाली श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
लाखौँ नेपालीलाई रोजगारी दिइरहेको श्रम गन्तव्य मुलुक कतारका शासकको नेपाल भ्रमणलाई दुई देशको सम्बन्ध विकास र त्यहाँ कार्यरत नेपालीको हितमा महत्त्वपूर्ण हुने ठानिएको छ ।
कतारको पछिल्लो विकासे फड्कोलाई संसारले अद्भुत भनेको छ । दक्षिण एसियाली मुलुकबाट श्रमशक्ति खिचेर देशको विकासलाई हाँकीरहेको कतारलाई तेस्रो श्रमशक्ति नेपालले प्रदान गर्दै आएको छ ।
यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया