

दलमा आबद्ध शिक्षकलाई तत्काल कारबाही गर्न ७७ वटै जिल्लामा परिपत्र



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई कारबाहीका लागि केन्द्रले परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको हो ।
शिक्षक राजनीतिक दलमा आबद्ध भएर पढाइभन्दा बढी राजनीतिक गरिरहेको भन्दै थप उजुरी निवेदनसमेत मन्त्रालयमा परेकाले यसको निरन्तर कारवाही गर्ने भन्दै बैशाख चार गते शिक्षामन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेको जानकारी गराउँदै केन्द्रले उक्त निर्णय कार्यान्व्यन गराउन परिपत्रमार्फत निर्देशन दिएको छ ।
केन्द्रले आवश्यक सहयोग र सहजीकरणका लागि ७५३ वटै स्थानीयलाई अनुरोध गरेको विभागका महानिर्देशक दिपक शर्माले जानकारी दिए ।
परिपत्रमा भनिएको छ, ‘राजनीति दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधानसँगै उच्च अदालत पाटनको निर्णय र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा पाँच को खण्ड छ मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ भनी भएको आदीसमेतको आधारमा पदमा हटाई त्यसको जानकारी मन्त्रालयमा गराउनू ।’


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया